दफा ६५
संशोधन, खारेजी र बचाउ
  (१) राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को,–
(क) दफा २ को खण्ड (ग) झिकिएको छ ।
(ख) दफा ६ को उपदफा (२) झिकिएको छ ।
(ग) दफा ९ को उपदफा (४) मा रहेका “वा कर्मचारी” भन्ने शब्दहरू झिकिएका छन् ।
(घ) दफा १८ को उपदफा (२) झिकिएको छ ।
(ङ) दफा २१ को उपदफा (२) झिकिएको छ ।
(च) दफा २३ को उपदफा (२) झिकिएको छ ।
(छ) ठाउँ ठाउँमा प्रयोग भएका “वा भ्रष्टाचार” भन्ने शब्दहरू झिकिएका छन् ।
(ज) दफा ५, परिच्छेद–४ र दफा २५ खारेज गरिएको छ ।
(२) भ्रष्टाचार निवारण ऐन, २०१७ खारेज गरिएको छ ।
(३) भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।